जेनजी आन्दोलनका शहिद सम्झनामा अत्तरियामा दीप प्रज्ज्वलन

अत्तरिया : जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका शहिदहरुको १३ औ दिनको सम्झनामा नेपाली कांग्रेस गोदावरीको आयोजनामा अत्तरिया चोकमा दीप प्रज्ज्वलन गरिएको छ ।

नेपाली कांग्रेस गोदावरीका नेता तथा कार्यकर्ता सँगै समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा अत्तरिया चोकमा दीप प्रज्ज्वलन गरिएको हो । उनका अनुसार दीप प्रज्ज्वलनमा स्वतस्फूर्त रुपमा सर्वसाधारणको समेत उपस्थिति थियो ।

कांग्रेस गोदावरी नगर सभापति बिरबहादुर चोखालका अनुसार जेनजी आन्दोलनका क्रममा शहिद भएका प्रति श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा समबेद्ना समेत दिएका छन । त्यसैगरी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले देशभर आन्दोलित भएका जेनजी पुस्ताका जायज मागलाई सम्बिधानमा टेकेर नै सम्बोधन गर्नुपर्ने धारणा राखेका छन ।

देशभर नेपाली कांग्रेसको सर सल्लाह अनुसार १३ दिनको अवसरमा सहिद परिवारप्रति समवेदना प्रकट गरेका छन । जेनजी आन्दोलनका क्रममा ब्यक्तीगत घर, सार्वजनिक सम्पतिमा भएको आगजनी सँगै पार्टी सभापति शेरबहादुर देउवा र आर्जु राण देउवालाई सांघातिक आक्रमणप्रति खेद प्रकट गरेका छन ।
दीप प्रज्वलनमा अत्तरियाका युवा नेता लोकराज पाण्डे ‘आगो’ का अनुसार जेनजी युवाहरुले आफ्ना माग राख्ने क्रममा सरकारले दमन गरेर युवाहरुको हत्या गरेको १३ औ दिनको सम्झनामा दीप प्रज्वलन गरिएको बताए । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा हालसम्म ७४ जनाको निधन भइसकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.