अत्तरिया : गोदावरी नगरपालिका कार्यपालिकाको कार्यालयमा भाद्र २३ र २४ गते प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले कार्यालयका सबै भौतिक संरचना ध्वस्त पारिदिएको थियो । आगजनीले कम्प्युटर, उपकरण र अन्य सामग्रीसमेत जलेर नष्ट भएका कारण दैनिक सेवा प्रवाह अवरुद्ध भएको थियो ।
नगरपालिकाका प्रयासपछि कार्यालयका केही शाखा सरसफाइ गरी सञ्चालन योग्य बनाइएको छ । असोज ७ गते मंगलबार देखि कार्यालय र वडा कार्यालयका सेवाहरू नियमित रूपमा सुचारु हुने प्रमुख प्रशासकीय अधिकृतधर्मराज विनाडीले जानकारी गराए ।
नगरबासीलाई सुचना दिँदै विनाडीले अवरुद्ध सेवाका कारण भएको असुविधाप्रति क्षमायाचना गर्दै, सबै सेवाहरू पुनः सुचारु भएको उल्लेख गरे । साथै, यस विषयमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समिति, धनगढीलाई जानकारी पठाइएको छ । नागरिकहरूले अब कार्यालयबाट नियमित सेवा लिन सक्नेछन् ।