चौमाला, ८ असोज : गौरीगंगा नगरपालिका–३, केदारेस्वर सामुदायिक वन उपभोक्ता समूह द्वारा गौरीगंगा नगरपालिकालाई आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ ।
भदौ २४ गतेको जेनजी पुस्ताको आन्दोलन गर्दा गौरीगंगा नगरपालिका र वडा कार्यालयमा आगजनी तथा तोडफोड गरेपछी केदारेश्वर सामुदायिक बनले सामग्री सहयोग गरेको हो ।
गौरीगंगा–३, स्थित केदारेस्वर सामुदायिक वन समुहले एक कार्यक्रमका बीच सामुदायिक वन समूह अध्यक्ष हर्क नेगि र अन्य पदाधिकारी द्वारा नगरपालिका प्रमुख देबीदत्त कडेँल, नगर उप–प्रमुख भोज बहादुर बम र अन्य कर्मचारीहरुको उपस्थितिमा सोफा सेट १ थान, कम्प्युटर १ थान र रंगिन प्रिन्टर १ थान सामग्री नगरपालिका लाई हस्तान्तरण गरेका हुन ।
त्यसैगरी गौरीगंगा–३, झिल वडा कार्यालयलाई समूह अध्यक्ष नेगि, समुहका पदाधिकारी एबम् वडा अध्यक्ष मनिराज जोशी, वडा सदस्यहरु, सचिव घनश्याम ओझा लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा सोफा १ सेट,कम्प्युटर १ थान,प्रिन्टर १ थान लगायतका सामग्री हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा नगर प्रमुख देबिदत्त कँडेलले सामुदायिक वन समुहलाई धन्यवाद ब्यक्त गरे । उनले यस्तो कठिन परिस्थितिमा गरिएको सहयोगले नगरपालिका र वडा कार्यालयलाई राहत मिलेकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, समूह अध्यक्ष हर्क नेगिले सामुदायिक वन समुहले सिपमुलक, आय–आर्जन र सशक्तिकरण सँगै सामाजिक र मानवीय कार्यमा पनि निरन्तर अग्रसरता देखाँउदै आएको बताए । नगरपालिकाले विभिन्न संघ–संस्थाहरुको सहयोगमा वडा तथा नगरपालिका बाट नागरिकहरुको सेवा सुचारु गरिरहेको छ ।
सम्बन्धित पाेस्टहरु