सोफा स्टोर धनगढीको दशैं, तिहार विशेष धमाका अफर

अत्तरिया, ८ असोज : कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया स्थित ६ लेन सडक खण्डमा रहेको सोफा स्टोर धनगढीले दशैं, तिहार तथा छठ पर्वको विशेष धमाका अफर ल्याएको छ ।

नेपालीहरुको महान चाड पर्व विजया दशमी साथै तिहार र छठ पर्वको अवसरमा अत्तरियाको सोफा स्टोर धनगढीमा उपलब्ध आकर्षक डिजाइनका फर्निचरहरुमा भारी छुटको अफर उपलब्ध गराएको सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलले बताए । उक्त अफर अन्तर्गत सोफा खरिद गर्ने ग्राहकले “लक्की ड्र” मार्फत मोबाइल, टेलिभिजन, पोखरा तथा बैङ्कक (थाइल्याण्ड) टुर जित्ने अवसर उपलब्ध गरिएको छ ।

यस्तै सोफा खरिदमा हात खाली नजाने उपहार व्यवस्था समेत गरिएको छ । जसमा फर्निचर तथा सोफा खरिदमा स्क्र्याच कुपन मार्फत १ हजार देखि २० हजार रुपैयाँ सम्म नगद जित्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । आकर्षक डिजाइनका फर्निचरहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आईरहेको सोफा स्टरले सो अफर सोफा स्टोरका करिब सात शाखाहरूमा लागू गरेको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.