अत्तरिया, १२ असोज : कैलालीको गोदावरी नगरपालिकामा भाद्र २४ गते जेन्जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका अवलोकन गरेका छन् ।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीका अनुसार, आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट नगरपालिकालाई ९ करोड ५३ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले अनुगमनको क्रममा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि केन्द्र र प्रदेश सरकारबाट आवश्यक बजेट छुट्याउन पहल सहित आश्वासन दिएका छन् । उनले भने, “स्थानीय सरकारलाई शीघ्र राहत र पुनर्निर्माणमा आवश्यक सहयोग पु¥याउने व्यवस्था मिलाइने छ ।’
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, “मुख्यमन्त्रीज्यूको अनुगमनले हाम्रो पालिकालाई राहत र आत्मविश्वास दियो । यसपालिको बजेटबाट हाम्रो पालिकाको पुनर्निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइसकेको छ भने स्थानीय तथा सहयोगी दाताबाट सामग्री र नगद संकलनको काम पनि अगाढी बढेको बताएका छन ।
अनुगमनले स्थानीयस्तरमा पुनर्निर्माण प्रक्रिया छिटो अगाडि बढाउन सरकारको दृढताप्रति आश्वस्त बनाएको छ । नगरपालिकाका विभिन्न सार्वजनिक संरचना, विद्यालय र घरधुरीमा क्षतिको समीक्षा गर्दै आवश्यक प्राथमिकताहरूको सूची तयार गरिएको छ ।
मुख्यमन्त्री शाहको यस अनुगमनले प्रभावित समुदायलाई तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा स्पष्ट मार्गदर्शन मिल्ने अपेक्षा गरिएको छ । नगरपालिकामा भएको आगजनी, तोडफोडबाट उत्पन्न चुनौतीलाई समाधान गर्दै पुनर्निर्माणको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीमा नगरपालिकाले ध्यान केन्द्रित गरेको छ ।
सम्बन्धित पाेस्टहरु