कैलालीको घोडाघोडीमा युवकको घाँटी रेटी हत्या, मृतकको टाउको प्रहरी कार्यालयमा, शरीर घट्नास्थलमै

अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा शुक्रबार राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना शुक्रबार राति करिब ११ बजेतिर भएको प्रहरीले जनाएको छ। हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

विवादपछि दुबै जनाले बुढाको घाँटी छेकी टाउको छुट्याएका थिए र त्यसपछि टाउको बोकेर आफै इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी पोस्टमा पुगेका थिए। प्रहरीका अनुसार मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.