विपिन जोशीको मृत्यु भएको पुष्टि, शव इजरायललाई बुझाउँदै हमास

अत्तरिया : हमासको कब्जामा रहेका भनिएका नेपाली विधार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले एक विज्ञप्ति जारी गर्दै मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको हो ।

अल-कसम ब्रिगेड्सले आज (सोमबार) चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ । विज्ञप्तिमा उनीहरूको शव आजै हस्तान्तरण गरिने उल्लेख छ । यो घटना इजरायल र हमासबिचको सम्झौताको एक भागको रूपमा भएको भनिएको छ । जसअनुसार इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।

यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ । तर, अझै पनि केही मृत इजरायली बन्दीका अवशेषहरू हमासको नियन्त्रणमा रहेको बताइएको छ । इजरायली अधिकारीहरूले यो सम्झौताअन्तर्गत हमासले फेला परेका मृतक बन्दीका शवहरू फिर्ता गर्नुपर्ने बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.