बाजुरा,कात्तिक ८। बाजुराको हिमाली गाउँपालिका–६ का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक ३० हजार आम्दानी गर्दै आउनुभएको छ।
यहाँका सबै रोजगारी गर्नका लागि जिल्ला बाहिर तथा भारतका विभिन्न ठाउँमा जाने गरेको भए पनि पाण्डेले गाउँमै भैसी पालेर मासिक ३० हजार आम्दानी गर्दै आउनु भएको हो।पहिलादेखि गाउँमै बस्ने र भैँसी पाल्ने अनि दुध बिक्री गरेर घर परिवार चलाउँदै आउनुभएका पाण्डे अहिले बिहान बेलुकी दुध बिक्री गर्दै आउनुभएको हो।
उहाँ कामको खोजीका लागि पहिलादेखि अहिलेसम्म कतै जानु भएको छैन्।उहाँले गाउँमै भैँसी लापेर यहाँका विभिन्न बजारमा दुध बिक्री गर्दै आएपछि अहिले मासिक तीस हजार आम्दानी गर्नुभएको हो।यहाँका सबैले गाउँ बाहिर गएर घरमा छोराछोरी पढाउने गरेको भए पनि विन्दराज पाण्डेले भनेर बजारमा भैसीको दुध बिक्री गरेर नै छोरालाई राम्रोसँग पढाउनुभयो।
अहिले उहाँको छोरा गाउँकै भवानी माविमा पढाउनुहुन्छ। गाउँका सबै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा हिउँद वर्षामै काम गर्न जाने भए पनि आफू कतै नगएको हिमाली गाउँपालिका-६, धिमका विन्दराज पाण्डेले बताउनभुयो।उहाँले भन्नुभयो, “अहिले मैले घरमा सधैं दुई भैसी पाल्ने गर्छु । एक दुनु भए अर्को बियाउने हुन्छ।यसलेगर्दा घरमा कहिल्यै पनि दुध खाली हुँदैन।
यसै दुध बिक्री गरेर मैले छोरालाई राम्रोसँग पढाएको छु।”अहिले छोरा पनि गाउँकै भवानी माविमा शिक्षक छ।रोजगारी गर्नका लागि कतै नगएर गाउँमै भैँसी पाल्ने गर्दा अहिले घरपरिवार पनि राम्रोसँग चलेको पाण्डेले बताउनुभयो। गाउँमा राम्रो भैँसी पालन गर्नेका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेका छौं । ती कार्यक्रमले यहाँका धेरै किसानलाई भैसी पाल्न निकै सहज भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो।गोरखापत्रबाट