अत्तरिया : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् । पाटन पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलौली नगरपालिका-७ सुनासानीमा से १ ज ७३२ नम्बरको बुधबार राति ११ बजेतिर जीप दुर्घटना भएको हो ।
दुर्घटनामा मेलौली नगरपालिका २ बस्ने २३ वर्षीय तुलसी कलौनी पाण्डेको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा अन्य चार जना घाइते छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका-७ का ३४ वर्षीय जनक बडु, मेलौली २ बस्ने ४३ वर्षीय डम्बरदत्त पाण्डे, ३४ वर्षीय हरिश पाण्डे र २८ वर्षीय ओम पाण्डे रहेको डीएसपी जोराले बताए । घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।