अत्तरिया, २४ कात्तिक : अत्तरिया पतंजलि योग समितिको ७ औँ वार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ । सोमबार भएको साधारण समितिले दुर्गा प्रसाईलाई अध्यक्षमा चयन गरेको छ । साधारण सभामा समितिका देवी बरारले आर्थिक प्रतिवेदन र शारदा निरौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्ट प्रमुख अतिथि रहेकी थिईन । कार्यक्रममा गोदावरी नगरपालिका पूर्व नगर प्रमुख हरिसिंह साउँद, गोदावरी नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष एवं नगरका प्रवत्ता गोपाल भट्ट र नेपाली काँग्रेसका युवा नेता लोकराज पाण्डे ‘आगो’ लगायतले आफ्नो धारण व्यक्त गरेका थिए ।
समितिले कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निःशुल्क योग कार्यक्रम सञ्चालन हुने गरेको छ । योगगुरु कौसिल्या खरकावालका नेतृत्वमा अत्तरियामा योग कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव धनाकुमारी खनालले गरेको हो ।