धनगढी : कैलालीसँग जोडिएको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र करिब एक किलो चाँदीसहित चार नेपालीलाई भारत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ६१६.९ ग्राम (५२.९० तोला) सुन र ७८०.८ ग्राम चाँदी बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा २५ वर्षीय दीपक नरसिंह, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटा रहेका छन् । उनीहरूको नेपाली ठेगाना भने सार्वजनिक गरिएको छैन ।
भारतको महाराष्ट क्राइम ब्रान्चबाट खटिएको प्रहरी टोलीले बिओपी गौरीफन्टा चेकपोस्टमा तैनाथ प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई महाराष्ट्रबाट सुन र चाँदी चोरी गरेर ल्याएको आरोप लगाइएको छ । चारैजनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले भारतको खिरी जिल्लामा पठाएको जनाएको छ ।
सम्बन्धित पाेस्टहरु