अत्तरिया : धनगढीमा कात्तिक २९ गते शनिबार साइकल -याली हुने भएको छ । धनगढी उपमहानगरपालिकाले साइकल -यालीको आयोजना गर्ने भएको हो ।
नगर प्रमुख गोपाल हमाले शनिबार आयोजना हुने साइकल -यालीमा भाग लिन सार्वजनिक अपिल गरेका छन् । उनले घरमा भएको जस्तोसुकै साइकल ल्याएर बिहान ८ बजे ट्राफिक चौराहामा उपस्तिथि हुन अनुरोध गरेका छन् ।
धनगढी चौराहबाट ठिक साढे ८ बजे साइकल -याली सुरू हुने नगर प्रमुख हमालले बताएका छन् । उक्त -याली धनगढी मुख्य सडक हुँदै गुरहीचोकबाट जेन्जी मार्गमा पुगेर समापन हुनेछ । नगर प्रमुख हमालले उक्त साइकल ¥यालीमा सहभागी हुन सम्पूर्ण नगरवासीलाई अनुरोध गरेका छन् ।