बझाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु

बझाङ : बझाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–२ रनिगाउँ बस्ने ५० वर्षीय बने रावलको मृत्यु भएको हो।

बने घरदेखि अन्दाजी २.५ किलोमिटर पश्चिम टाढा निम भन्ने स्थानमा सल्लाको रुख काट्ने क्रममा उक्त रुख लाग्दा उनको सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बनेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.