खेलकुदको विकासका लागि स्पष्ट नीति तथा कार्यखाका तयार गरी अघि बढ्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

अत्तरिया, २ मंसिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले खेलकुदको समग्र विकासका लागि स्पष्ट नीति तथा कार्यखाका तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

बर्दगोरिया स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा मंगलबार देखि सुरु भएको सुदूरपश्चिम प्रदेशव्यापी विद्यालय स्तरीय छात्र\छात्रा फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई प्राथमिकतासाथ अघि बढाइने बताए ।

मुख्यमन्त्री शाहले सबै क्षेत्रमा एकै पटक बजेट विनियोजन गर्न नसकिए पनि प्राथमिकताका आधारमा क्रमिक रूपमा विकास कार्य अघि बढाइने उल्लेख गरे । खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बनेको उल्लेख गर्दै उनले खेलकुदको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

यस प्रतियोगितामा कैलाली र कञ्चनपुरका सरकारी तथा निजी विद्यालयहरूका ४८ टिम सहभागी छन् । जसमध्ये छात्रतर्फ ३२ टिम र छात्रातर्फ १६ टिम छन् । प्रतियोगिता मंसिर १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.