जनशक्ति व्यवस्थापनको लागी दुर्गालक्ष्मी मावि र दुर्गालक्ष्मी क्याम्पस बीच समझदारी

अत्तरिया  : जनशक्ति व्उवस्थापनको लागी दुर्गालक्ष्मी मावि र दुर्गालक्ष्मी क्याम्पस बीच समझदारी भएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय तर्फ बाट अध्यक्ष हरि भट्टराई, प्रधानाध्यापक विर सिंह महता र क्याम्पसको तर्फ बाट क्याम्पस डा।प्रमुख नरेन्द्र ऐर र शिक्षा शास्त्र संकाय शिक्षण समितिको अध्यक्ष डम्बर बहादुर पालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले दुर्गालक्ष्मी नमुना माविका शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गर्नेछ। यसले विद्यालयमा गुणस्तरीय शिक्षण सुनिश्चित गर्न, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न र विद्यार्थीहरूको शैक्षिक सुधारमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

समझदारी पत्रमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख तथा दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापकले हस्ताक्षर गरी औपचारिक रूपमा सहकार्यको सुरुवात गरेका छन्। उनीहरूले दुई संस्थाबीचको सहकार्यले आगामी वर्षमा शिक्षा र जनशक्ति व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

विद्यालय र क्याम्पसबीचको यो पहलले शिक्षक तालिम कार्यक्रमलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षण अभ्यास र पेशागत विकासलाई प्राथमिकता दिनेछ। यस सम्झौताका माध्यमबाट विद्यार्थी र शिक्षक दुवैको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

सम्झौतामा हस्ताक्षर गरेका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षक उत्पादनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.