सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा मायामेट्रो हस्पिटल

धनगढी : नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरको जिम्मेवारी धनगढीको मायामेट्रो हस्पिटलले पाएको छ।

पहिलो सिजनमा पनि सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर रहेको मायामेट्रोले यो पटक रूपमा पुनः जिम्मेवारी पाएको हो।

खेलकुद क्षेत्रको प्रवर्द्धन, खेलाडीहरूको स्वास्थ्य सुरक्षा तथा खेलको समग्र विकासमा निरन्तर सहकार्य गर्ने अवसर मिलेकोमा हस्पिटलले खुशी व्यक्त गरेको छ। खेलकुद क्षेत्रमा निरन्तर सहकार्य र सहयोग गर्ने नीति अस्पतालले लिएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.