सुदूरपश्चिममा पहिलो पटक मुटुरोगीका लागि ‘क्याथल्याव’ सेवा सुरु

अत्तरिया : सुदूरपश्चिममा पहिलो पटक मुटुरोगीका लागि क्याथल्याव सेवा सुरु भएको छ । यसअघि प्रदेशका कुनै पनि ठाउँमा यो सेवा थिएन । प्रदेशको मुख्य प्रदेशद्वारका रुपमा रहेको कैलालीको अत्तरियामा रहेको अत्तरिया अस्पताल प्रालिले आजबाट मुटुरोगका लागि अत्यावश्य रहेको क्याथल्याब सेवा सुरु गरेको हो ।

उक्त सेवाको एक औपचारिक कार्यक्रमकाबिच वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डाक्टर यादब भट्ट र अस्पतालका संस्थापक रघुनाथ पाठकले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

करिब १५ करोडको लगानीमा अत्तरिया अस्पतालले सेवा सुरु गरेको अस्पतालका निर्देशक डिल्लीराज पाठकले जानकारी दिए । उनका अनुसार अस्पतालले अब मुटुका बिरामीका लागि पनि सहज सेवा दिनेछ ।

यसअघि सुदूरपश्चिममा यो सेवा नहुदा मुटुका बिरामीले नेपालगञ्ज, काठमाडौँ वा भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यता थियो । निर्देशक पाठकले अब मुटुका बिरामीले अत्तरिया अस्पताल प्रालिमा उपचार पाउने बताए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डाक्टर यादब भट्टले मुटुको शल्यकृया नगरि पेसमेकर राख्ने, भल्ब खोल्ने, मुटुका प्वाल टाल्ने लगायतका सम्पुर्ण सेवा अब अत्तरिया अस्पतालबाटै प्रदान गरिने बताए । यस अत्तरिया अस्पताल प्रालिले अन्य सेवा विगतदेखि नै दिँदै आइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.