विस्तृत शान्ति सम्झौताको २० बर्ष : राज्य द्वन्द्वपीडितको मुद्दामा संवेदनशिल बन्न नसकेको आरोप

धनगढी । नेपालमा भएको १० बर्षीय शसस्त्र द्वन्द्वकालमा भएका द्वन्द्व पीडितहरुले अझै पनि राज्यले आफ्नो मागमा संवेदनशिल बन्न नसकेको बताएका छन् । एड्भोकेसी फोरम नेपालले गरेको कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् । विस्तृत शान्ति सम्झौता भएको उपलक्ष्यमा भएको कार्यक्रममा राज्य द्वन्द्वकालमा शारीरिक शोषणमा परेका महिलाहरुका मुद्धामा संम्बेदनशिल बन्न नसकेको बताए । अन्तरक्रिया कार्यक्रममा टीकापुरकी सावित्रा चौधरीले शारीरिक शोषणमा परेका महिलाहरु खुलेर बोल्न नसक्ने अवस्था नरहेको बताईन् । बनेको आयोगले पीडितका पक्षमा काम गर्न नसकेको उनले बताईन् । उनीहरुलाई समट्ने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको उनले बताईन् । शुक्रबार भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति कैलालीका संयोजक टीकाकुमारी चौधरी भुल रहेकी थिईन । उनले द्वन्द्व पीडित परिवालाई आयआर्जनका कार्यक्रममा जोड्न सरकारको जोड रहेको बताईन । उनले समाजमा समस्या रहेका छन् त्यसलाई निराकरण गर्नसक्नुपर्ने उनले बताईन । पञ्जिकारण शाखाले पनि संवेदनशिल बन्न आवश्यक रहेको उनले बताईन ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख झंकरबहादुर रावलले सुदूरपश्चिममा ६० वटा मुद्धा मात्र बाँकी रहेको बताए । त्यसमध्ये वेपत्ता र शारीरिक यातना हरको उनले उल्लेख गरे । उनले द्वन्द्व पीडित परिवारलाई आयआर्जनका कार्यक्रम ल्याउनुपर्ने सरकारसंग समन्वय गरेको बताए । केहि न केहि काम नगरेर आत्मा निर्भर बन्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा द्वन्द्व पीडितका पक्षमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको धनगढी उपमहानगरपालिकाको उपमेयर बन्दकला रानाले बताइन् । द्वन्द्व पीडित लगायतको समुदायलाई लक्षित गरी शनिबारीय मेला आयोजना गर्दै आएको उनले जोड दिइन् । उनले आत्मनिर्भर बन्नका लागि काम गर्न आवश्यक रहेको बताईन् । मेहनत नगरेर पैसा कत्तैबाट नआउने भएको हुँदा सरकारको सहयोगमा संघर्ष गर्न आवश्यक रहेको उनले जोड दिइन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला कानुन मन्त्रालयका उप सचिव आमोद दाहालले द्वन्द्व पीडित समुदायलाई यहाँको पक्षमा कार्यक्रम ल्याउन सरकार जहिले पनि तयार रहेको बताए । द्वन्द्व पीडितहरुका लागि निःशुल्क बिमा कार्यक्रम ल्याए पनि त्यसमा आकर्षण हुन नसकेको उनले बताए । कार्यक्रममा पुर्व कैलालीका बारका अध्यक्ष समेत रहेका कानुन व्यवसायी इन्द्र प्रसाद लेखकले वेपत्ताहरुको मृत्यु दर्ता गर्न समस्या आउने गरेको उल्लेख गरे । उनले केहि स्थानीय सरकारले द्वन्द्व पीडितका पक्षमा काम गरे पनि सबैले गर्न नसकेको बताए ।
कार्यक्रममा द्वन्द्व पीडित महिला पद्मादेवी बमले राज्यले सरकारी कोटा छुट्याउन आवश्यक रहेको बताइन । अन्य समुदाय जस्तै द्वन्द्व पीडितहरु पनि पछाडी परेका नागरिक उनलाई छुट्ै कोटा आवश्यक रहेको उल्लेख गरिन् ।

कार्यक्रम द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष गणेशबहादुर मल्लको अध्यक्षतामा भएको हो । द्वन्द्व पीडितको आवाजलाई राज्यले अझ पनि सम्बोधन गर्न नसकेको उनले बताए । उनले सशस्त्र द्वन्द्वपछि भएको शान्ति सम्झौतापछि विभिन्न आयोगले काम गर्न नसकेको बताए । हरेक आयोगलाई सुझाव दिएको तर, दलगत स्वार्थमा डुवेको उनको बुझाई रहेको छ । अहिले बनेको आयोगले पनि राजनीतिक दलहरुका व्यक्तिहरु नै रहेको हुँदा हाम्रो विमति रहेको उनले उल्लेख गरे । अहिले द्वन्द्व पीडितहरु पनि दिक्क भईसकेको उनले बताए । सम्बन्धित निकायसंग आफ्नो दुख पीडाहरु पोख्न भए पनि केहि प्याकेज ल्याउन आग्रह गर्दै आएको बताए ।

विस्तृत शान्ति सम्झौता, संक्रमणकालिन न्याय, द्वन्द्व पीडितका बढ्दो पीडा, निरासा र तत्काल समाधानको बाटो सहित न्यायको सवालमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रमका सञ्चालन एड्भोकेसी फोरम नेपालका प्रदेश संयोेजक पुष्प विक्रम शाहीले गरेका थिए । कार्यक्रममा कैलालीका विभिन्न स्थानीय तहका द्वन्द्व पीडितहरु परिवारका सदस्यहरु लगायतको सहभागिता रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.