अत्तरियामा उद्यमीहरुले भोग्नु परेका लैङ्गिक हिंसाबारे अभिमुखीकरण

अत्तरिया, ११ मंसिर : ३४ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत उद्यमीहरुले भोग्नु परेका लैङ्गिक हिंसा र त्यसबाट बाच्नका लागि अपनाइएका उपायहरुको बारेमा उद्यमीहरुबीच छलफल तथा अभिमु्खीकरण कार्यक्रम गरिएको छ । मुक्त कमैया महिला विकास मञ्चले एफसिए नेपालको सहयोगमा गैरपरम्परागत क्षेत्रमा महिला उद्यमशिलता विकास परियोजना अन्र्तगत विहिवार अत्तरिया उद्यमीहरुविच छलफल गरिएको हो ।

गोदावरी नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्रीले लैङ्गिक हिंसा न्यूनीकरणबारे प्रस्तुतीकरण गर्दै हिंसा सहदै जाँदा भारी घटनामा परिणत हुने बताइन । उनले हिंसमा परेको समयमै प्रतिकार गर्नुपर्ने बताइन । समाजमा अहिले पनि पितृसत्तात्मक सोचका कारण लैङ्गिक हिंसामा कमी आउन नसकेको उनले बताइन । महिलाहरुलाई गर्भदेखि विभेद गर्दै कोई सासुबुहारी हुँदासम्म विभेद हुने गरेको उनले बताइन ।

बालविवाह, मानव बेचविखन, तस्कारीका कारण महिलाहरु हिंसामा पर्छन, उनले भनिन, ‘राजनितिक, आर्थिक, सांस्कृति तथा सामाजिक रुपमा महिलालाई पछाडी पारिएको छ । हिंसा घरबाट सुरुवाट हुदै हेराई, बोलाई, व्यवहारबाट हिंसामा परिरहेका छन । महिलाहरु आर्थिक रुपमा बलियो, सशक्त नभएसम्म हिंसा न्यूनीकरण गर्न नसकिने शाखा प्रमुख खत्रीले बताइन । अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसका प्रमुख जानकी मलासी महिलाहरु आफन्तबाट बढी पीडित भएको बताइन ।
‘कोई–कोई महिला तथा बालिका आफनै श्रीमान, बा, दाजु भाई वा नजिकका साथीबाट बलात्कृत भएका छन । अहिलेको अवस्था हे¥यो भने समाज कतातिर गैरहेको छ । गम्भीर चिन्तन मनन गर्नुपर्ने बेला आएको छ’, उनले भनिन । महिला तथा बालबालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने वा पछि विभिन्न थरिले हिंसा गरिएको उनले बताइन ।

कार्यक्रममा मुक्तकमैया महिला विकास मञ्चका उद्यम विकास अधिकृत सन्तोष पराजुली महिला उद्यमीहरुले सामना गर्ने विभिन्न समस्याहरुको विश्लेषण गर्ने र व्यापार व्यवसाय÷उद्यम स्थापना र संचालन गर्दा हुन सक्ने सम्भवित लैङ्गिक हिंसा के कस्ता हुनसक्छन, सरकारी र गैरसरकारी माध्यमद्वारा चालेका कदमहरु अन्वेशण गर्न महिला उद्यमशिलता प्रवद्र्धन गर्ने संस्थाहरु लैङ्गिक हिंसा विरुद्ध चालेका कदमबारे प्रस्तुती गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको आर्थिक बर्ष २०८०÷०८१ सालको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा यौनजन्य हिंसाको मुद्धा २८९ वटा, जवरजस्ती करणी तथा हत्याको १ वटा, बहुविवाहको ८० वटा मुद्दा दर्ता भएका छन । त्यसैगरी वालविवाहको मुद्दा दर्ता ७ वटा, तेजाव प्रहार एक वटा, घरेलु हिंसाको सबभन्दा बढी ९ हजार २१४ वटा मुद्दा, अवैध गर्भपतनको ५ वटा, जातीय छुवाछुतको एक वटा, मानव वेचविखन तथा ओसारपसारको १० वटा मुद्दा दर्ता भएका छन ।

मञ्चका उद्यम विकास अधिकृत पराजुली महिलाहरुलाई उद्यमी बन्नका लागि सहयोग सर्पोट गर्दै आएको बताईन । कार्यक्रममा मञ्चका उद्यम विकास सहजकर्ता सुरेश भट्ट लगायत गोदावरी नगरपालिकाका विभिन्न वडाबाट उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.