गोदावरी नगरमा अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउँदै

अत्तरिया : कैललिको गोदावरी नगरपालिकामा अत्तरियामा ३४ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउने भएको छ । भोली मंगलबार देखि कार्यक्रम सुरु भई भोली बुधबार सम्म संचालन हुने भएको छ ।

सोमबार गोदावरी नगरपालिका नगर स्तरीय अपाङ्ग कार्य सञ्जालले पत्रकार सम्मेलनको आयोजना गरी अपाङ्गता भएका ब्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मनाउने भएको अध्यक्ष सञ्जालका अध्यक्ष लक्ष्मण बिक ले जानकरी दिएका छन् ।

गोदावरी नगरपालिका नगर स्तरीय अपाङ्ग कार्य सञ्जाल अत्तरियाको आयोजनामा “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन समाजिक उन्नतिको संवद्र्धन“ भन्ने मूल नाराका साथ यस वर्षको ३४ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने भएको छ ।

अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । कार्यक्रम अन्तर्गत ह्विलचेयर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला, नृत्य, अत्तरिया बसपार्कमा बृहत सरसफाई , औपचारिक मञ्च कार्यक्रम, व्यक्तित्वहरूलाई सम्मान साथै पुरस्कार वितरण गरिने भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपस्चिम प्रदेशका पूर्व अध्यक्ष मान बहादुर साउँदले गाउँ भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको आवाजलाई पनि बुलन्द गर्नुपर्छ भनेर स्थानीय सरकार संग समन्वय गरेर वर्तमान कार्य समितिले पनि नगर स्तरीय अपाङ्ग कार्य सञ्जाल गोदावरीलाई जिम्मेवारी गरेको बताए । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजकले विविध कार्यक्रमको सहित अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारका नाराहरु लेखेर पम्प्लेट बोकेर सिम्बोलिक रुपमा र्याली निकाल्ने, अत्तरिया बसपार्क भित्र सरसफाई अभियान जसले फोहोर व्यवस्थापनमा सुधार साथै अपाङ्गता भएका व्यक्तिहरूले पनि समाजमा योगदान रहन्छ भन्ने सन्देशमुलक अभियान गर्ने भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.