अत्तरिया : गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाकी अध्यक्ष लक्ष्मी कुमारी बोहराको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथि प्रदेश सांसद तुलसी देवकोटा रहेकी थिइन् ।
सभामा प्रमुख अतिथि सांसद तुलसी देवकोटाले स्थापना कालदेखि नै यस श्रमिक सहकारी संस्था संग जोडिएको बताइन । श्रमिकहरुको हक हित तथा संरक्षण लागी यस सहकारीको स्थापना भएको उनले सुनाइन ।
“संस्थामा हाम्रै सहकारी हो भन्ने भावनाका साथ उपलब्धी तिर अगाडी बढ्न जरुरी छ“ उनले भनिन । सहकारी भनेको सदस्यहरुको दैनिक आयआर्जनको स्रोत हो जुन सहकारीले नागरिगहरुको जीवनमा सुधार ल्याउन सर्वसुलभ सेवा उपलब्ध गराउँदै आइरहेको उनले बताईन् । उनले सहकारीले सदस्यलाई आयआर्जनमा सुधार जीवनस्तर उकास्न सहज बनाएको साथै सदस्यहरुले पनि समयमै ऋण चुक्ता गरी सहकारीलाई अघि बढाउन आवश्यक रहेको उल्लेख गरिन । उनले यस क्षेत्रको विकासको लागी निरन्तर पहल गरिरहेको साथै प्रदेशको र आफ्नो व्यक्तिगत तर्फबाट सामाजिक कार्यमा सहयोगका लागी सदैव तत्पर रहने बताइन् ।
यस्तै सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष लक्ष्मी कुमारी बोहराले गरेकी थिइन् । साथै आयव्यय प्रस्तुत गर्दै संस्थाका लेखापाल अशोक बिक ले आर्थिक वर्ष २०८१\०८२ मा १ करोड ६० लाख ६२ हजार ७५७ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको जानकारी दिएका छन् ।
संस्थाको वार्षिक प्रस्तुत प्रतिवेदन अनुसार अत्तरिया क्षेत्रमा न्युनआयस्तर भएका श्रमिकहरुलाई संगठित गर्दै २०६९ सालमा २६ जना सदस्यहरू मिलेर २६ हजार २ सय पुँजीबाट संचालनमा ल्याइएको हाल सम्मको कुल शेयर पूँजी ४० लाख ५० हजार ६ सय रहेको छ भने ७ सय ४९ जना सदस्यहरू आबद्ध रहेका छन् । यस्तै संस्थाको कर्जा तर्फ १ करोड ७ लाख ३२ हजार २९३ लगानी गरेको छ भने निक्षेप तर्फ ७७ लाख ९२ हजार ७०३ रुपैयाँ बचत संकलन गरेको उल्लेख गरिएको छ । यस्तै यस वर्ष संस्थाले विभिन्न कारोबारबाट ४ लाख ८४ हजार बराबरको नाफा कमाउन सफल भएको छ ।
संस्थाकी ऋण समिति संयोजक कल्पना जोशीले गरेको साधारण सभाको कार्यक्रम संचालनमा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष शकुन्तला साउद गरेकी थिइन् ।