गोदावरी नगरमा फोहोर समस्या समाधानमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र उदाहरणीय बन्दै

अत्तरिया, १७ मंसिर : एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रमा फोहोरलाई कुहिने, नकुहिने र सिसाजन्य फोहरमा वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ । कुहिने फोहरलाई कम्पोस्ट मलमा, नकुहिने र पुनः प्रयोग योग्य फोहरलाई बिक्रीका लागि अलग राखिन्छ । व्यवस्थापन केन्द्र सञ्चालन अघि बजार र सडक छेउमा फोहरका थुप्रा देखिन्थे र दुर्गन्धले स्थानीय जीवन प्रभावित बनाउँथ्यो । तर गत साउनदेखि सञ्चालनमा आएको केन्द्रले यो समस्या पूर्णरूपमा समाधान बन्दै गएको छ ।

स्थानीयहरू केन्द्रको प्रभाव देखेर प्रसन्न छन् । स्थानिय भन्छन्, “अचेल त कतै फोहर देखिन्न । स्थानीय पनि फोहर फाल्दा सचेत भएका छन्, जसले वातावरणमा सकारात्मक असर पु-याउँछ ।” एसियाली विकास बैंकको ५१ करोड ६९ लाख लगानीमा, चौकीडाँडा सामुदायिक वन क्षेत्रमा आधुनिक संरचनासहित बनेको यो केन्द्रले दैनिक १३.६७ टन ठोस फोहर र १३ घनमिटर दिसाजन्य फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता राख्छ । नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, केन्द्रको निर्माणमा स्थानीय सामुदायिक वन र जिल्ला बनसँग समन्वयका कारण जंगल फडानी, समयमा संरचना निर्माणको काम भएको बताएका छन ।

हाल केन्द्र सञ्चालन ठेकेदार कम्पनीको निगरानीमा तीन वर्षसम्म हुनेछ । यस अवधिमा स्थानीय कर्मचारीहरूलाई तालिम दिई केन्द्र संचालन गर्ने ढाँचा तयार गरी रहेको आयोजनाले जनाएको छ । फोहोर व्यवस्थापनसँगै केन्द्रले कम्पोस्ट मल उत्पादन र रिसाइकलिङबाट आम्दानी गर्ने लक्ष्य राखेको छ ।

इन्जिनियर अशोक पाण्डेका अनुसार, स्थानीय जनप्रतिनिधि, विद्यालय र वडा कार्यालयमार्फत जनचेतना कार्यक्रम चलाइँदैछ जसले नागरिकलाई फोहोर छुट्याउने र पुनः प्रयोगको महत्त्व बुझाउने काम गरिरहेको छ । गोदावरीको यो केन्द्रले नगर सफाइ, वातावरण संरक्षण र आर्थिक आम्दानीको दृष्टिले स्थायी र उदाहरणीय मोडेल बनाउने प्रयासलाई गति दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.