अत्तरियामा लाग्न लागेको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२’ को लोगो सार्वजनिक

अत्तरिया : आउँदो पौष ९ गतेदेखि अत्तरियामा आयोजना हुन गइरहेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२ को आधिकारिक लोगो सार्वजनिक गरिएको छ।

महोत्सवका आयोजक न्यू सृजनशील युवा क्लब अत्तरियाले बुधबार गोदावरी क्षेत्रको सांस्कृतिक, धार्मिक र प्राकृतिक पहिचान झल्कने गरी तयार पारिएको लोगो सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको लोगोमा गोदावरी क्षेत्रको प्रतीक मानिने हनुमान मन्दिर, शिव मन्दिर, कृषि दृश्य, पहाडी भू–भाग र तराई क्षेत्र समेटिएका छन्। यी सबै तत्वहरूले गोदावरी नगरपालिकाको सांस्कृतिक विविधता, धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सामाजिक एकतालाई आकर्षक तरिकाले अभिव्यक्त गरेका छन्। लोगोले स्थानीय कला, संस्कृति, पर्यटन र सामुदायिक सम्बद्धतालाई प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्यलाई स्पष्ट रूपमा उजागर गरेको आयोजकले जनाएको छ।
क्लबले विगतका अनुभव भएकाले यस वर्षदेखि महोत्सवलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न लागेको जनाएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति,सांस्कृतिक झाँकी तथा परम्परागत प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी,युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहने भएको छ।

साथै, स्थानीय उद्यमीका कृषि, खाद्य, हस्तकला तथा घरेलु व्यवसायिक उत्पादनलाई बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको जनाएको छ।

उनले महोत्सवको करिब ५० प्रतिशत तयारी पूरा भइसकेको बताउँदै महोत्सव गोदावरी नगरपालिका–१, अत्तरियास्थित सुरक्षा महिला सामुदायिक वनको मैदानमा आयोजना गरिने भएको बताए।
महोत्सवमा प्रवेश टिकट विद्यार्थीका लागि ५० रुपैयाँ र साधारणका लागि १०० रुपैयाँ तोकिएको क्लबले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.