धनगढी : फैसला कार्यान्वयनको क्रममा जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दाकी फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
एक महिना कैद सजाय र हजार रुपैयाँ जरिवाना तोकिएकी धनगढी उप–महानगरपालिका–२ बस्ने २२ वर्षीय सिता कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शाहीलाई बुधबार उनको निजकै घरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गर्न अदालतमा पेश गरिनेछ।