डोटीको खालीखोलामा बोलेरो जिप दुर्घटना, चालकसहित ६ जना घाइते

डोटी : डोटीको सायल गाउँपालिका ४, खालीखोलामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कञ्चनपुरको पुनर्वास २ का २८ वर्षीय ईश्वर थापाले चलाएको सु.प.प्र. ०१ ००१ च ४२५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिप सायलबाट दिपायलतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान छ।

घाइते हुनेहरूमा चालक थापासहित आदर्श ७ की ५४ वर्षीया हरिदेवी कापडी, सायल २ का ३१ वर्षका दिल्ली राज ओझा, ४० वर्षका भोजराज ओझा, भोजराजका ११ वर्षका छोरा आमत ओझा र सायल ४ का ४३ वर्षका टेकराज ओझा रहेका छन्।

प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ र उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.