गोदावरी नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि दुर्गालक्ष्मीलाई

अत्तरिया । गोदावरी नगरपालिका नगर स्तरीय १६ औं राष्ट्रपती रनिङ् शिल्ड प्रतियोगिताको विजेता अत्तरियामा रहेक दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय भएको छ । मंसिर १६ गते देखी सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिता बिहीबार सम्पन्न भएको थियो।

विजेता भएको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले १८ स्वर्ण, रजत १३ र २२ कास्य हासिल गरी प्रथम भएको हो। यस्तै दृतिय स्थानमा तेघरीको सैनिक आवासीय महाविद्यालय भएको छ। सैनिक आवासीय महाविद्यालय स्वर्ण १२ , रजत १५ र २० कास्य हासिल गरी दृतीय भएको हो ।

यस्तै ९ स्वर्ण , ४ रजत र ३ कास्य हासिल गरी जमुनानगरको दुर्गा भवानी मा विले तृतीय स्थान हासिल गरेको छ भने चौथो स्थान हासिल गरेको बडेहाको शैलेश्वरी माध्यमिक विद्यालयले ४स्वर्ण,४ रजत र ३ कास्य जितेको छ ।

प्रतियोगितामा नगर भित्रका ४३ विद्यालय सहभागी भएका थियो। रनिङ् शिल्ड प्रतियोगिता अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.