गोदावरी नगरमा अवकाश प्राप्त स्वयंसेविकालाई ५० हजार नगद सहित सम्मान

अवकाश प्राप्त स्वयंसेविकालाई ५० हजार नगद सहित सम्मान

अत्तरिया : गोदावरी नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । चालू आर्थिक वर्षभर समुदायमा उत्कृष्ट सेवा प्रदान गर्दै आएकी नगरपालिकाका ३ दर्जनभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकालाई विशेष सम्मान गरिएको हो ।

शुक्रबार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा वर्षौँदेखि निरन्तर देखाउँदै आएको उनीहरूको समर्पण, मेहनत र योगदानलाई उच्च कदर गरिएको नगरपालिकाले जनाएको छ ।

गोदावरी नगरपालिका उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, वडा अध्यक्ष–सदस्य तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा १२ वटै वडाका स्वयंसेविकालाई ‘उत्कृष्ट सेवा’ श्रेणीमा सम्मान प्रदान गरिएको छ ।
प्रत्येक वडाबाट पहिलो, दोस्रो र तेस्रो स्थानमा छानिएका स्वयंसेविकाहरूलाई विशेष प्रमाणपत्र र सम्मानद्वारा गौरवान्वित गरिएको थियो ।
समुदायमा मातृ–शिशु स्वास्थ्य, सुरक्षित प्रसूति, खोप कार्यक्रमदेखि स्वास्थ्य सचेतना अभिवृद्धिमा उनीहरूको योगदान अपरिहार्य रहेको भन्दै कार्यक्रमले कृतज्ञता व्यक्त गरिएको छ । उनीहरूको निस्वार्थ सेवा र निरन्तर समर्पणले गोदावरीमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनेको छ ।

अवकाश प्राप्त स्वयंसेविकालाई नगद सहित सम्मान
चालू आर्थिक वर्षमा अवकाश प्राप्त गरेका गोदावरीका ४ महिला स्वास्थ्य स्वयंसेविकालाई ५०–५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गरिएको यस सम्मानले उनीहरूको दशकौँदेखि समुदायप्रति देखाएको समर्पण र योगदानलाई उजागर गरेको छ ।
सम्मानित स्वयंसेविकामध्ये ३२ बष्मीमनकली चौधरीले ३२ वर्ष, शान्ति रानाले २८ वर्ष, रत्ना ओझाले २८ वर्ष र निर्मला रावलले २७ वर्षसम्म निरन्तर सेवा गरेर स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिको निर्वाह गर्दै आएका थिए ।

गोदावरी–८, ९, ७ र ४ का विभिन्न वडाबाट सेवा दिएर उनीहरूले समुदायको स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पु¥याएका थिए । कार्यक्रम गोदावरी नगरपालिका उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सम्मानित स्वयंसेविकाहरूले आफ्नो जीवनका सकभर वर्षहरू समुदाय र मातृ–शिशु स्वास्थ्य सेवामा समर्पित गरेकाले नगरले “विशेष योगदानको कदर” स्वरूप उक्त सम्मान गरेको हो ।
उनीहरूको निरन्तर सेवा, समर्पण र त्यागले समुदायमा स्वास्थ्य सचेतना बढाउन ठूलो सहयोग पु-याएको भन्दै कार्यक्रमले प्रशंसाको साथ कृतज्ञता व्यक्त गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.