धनगढी : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफमा पुगिसकेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बिच खेल हुँदै छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे दुवै टिम लिग चरणको अन्तिम खेल खेल्दै छन । सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। विराटनगर ८ अंकका साथ तेस्रो स्थानमा छ।
सुदूरपश्चिमले क्वालिफायर खेल्ने पक्का भइसकेको छ। विराटनगरले आजको खेल ठूलो अन्तरले जितेको अवस्थामा उसले पनि क्वालिफालयर खेल्न सक्ने सम्भावना हुन्छ।
त्यसो नभए उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नेछ। इलिमिनेटरमा जित्ने टिमले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफाइर हार्ने टोलीसँग फाइनलका लागि भिड्नेछ।
आजै दोस्रो खेलमा भिड्न लागेका चितवन राइनोज् र पोखरा एभेन्जर्स भिड्दै छन । दुवै टिमले लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन । दुवै टिमले प्लेअफ सम्भावना भने गुमाइसकेका छन्। २२ खेल जितेर पोखरा र चितवन क्रमशः पाँचौं र छैटौं स्थानमा छ।