सत्यवती एकेडेमीले रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण सहित सर्वाधिक पदक ल्याउने विद्यार्थी मगरलाई १ वर्षको छात्रवृत्ति प्रदान
अत्तरिया : अत्तरियाको सत्यवती एकेडेमीले गोदावरी नगरपालिका नगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ गोल्ड सहित सर्वाधिक पदक ल्याउने कक्षा ११ मा अध्यनरत विद्यार्थी दिशेक राना मगरलाई छात्रवृत्ति उपलब्ध गराएको छ।
आईतबार एकेडेमीले सम्मान कार्यक्रम आयोजना गर्दै विद्यार्थी दिशेक राना मगरलाई सम्मान सहित पुरस्कृत गरी १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ। विद्यार्थी दिशेक राना मगरले प्रतियोगिताबाट १ स्वर्ण, ३ रजत र १ कास्य गरी ५ पदक एक्लै हासिल गर्न सफल भएका थिए। मगरले लङ्ग जम्पमा स्वर्ण, १०० मि , २०० मी दौड र ४०० मी रिलेमा रजत र १०० मी रिले मा कास्य पदक हासिल गरेका थिए।
मगरलाई १० महिनाको छात्रवृत्ति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयबाट सर्वाधिक पदक हासिल गरेकोमा, आधा महिनाको फुटबल बाट प्राप्त गरेको र आगामी अतिरिक्त खेलबाट डेढ महिना थप गरी करिब १ वर्षको छात्रबृत्ति प्रदान गरिएको एकेडेमीले जनाएको छ।
यस्तै एकेडेमीबाट प्रतियोगितामा सहभागी विद्यार्थी शुभम् कडालले हाइ जम्पमा स्वर्ण पदक हासिल गरेका थिए। विद्यार्थी बास्तब चौधरी उशु खेलबाट स्वर्ण पदक हासिल गर्न सफल भएका थिए।
एकेडेमीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका स्वर्ण पदक विजेता विद्यार्थीलाई ३ महिना छात्रवृत्ति, रजत पदक विजेतालाई २ महिना छात्रवृत्ति र कास्य पदक विजेता विद्यार्थीलाई १महिना छात्रबृत्ति प्रदान गरिएको जनाएको छ।