धनगढी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट नरनारायण शाह ‘मनु’ प्रतिनिधि सभा सांसद उम्मेदवार चर्चा चुलिएको छ । आरजु राणा देउबाले उक्त क्षेत्रबाट चुनाव नलड्ने भएपछि नेपाली कांग्रेसले प्रदेश महामन्त्री समेत रहेका शाहलाई टिकट दिने तयारी गरेको समाचार स्रोतले जनाएको छ ।
टिकट पाउने सम्भावना बढेपछि शाहले धनगढीको ॐ पार्टी प्यालेसमा नेता एवं कार्यकर्तासँग भेटघाट र छलफल तीव्र पारेका छन्। दुई पटक नेपाली कांग्रेसका सभापति भइसकेका शाहले विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाले पनि हालसम्म लाभका पद पाएका छैनन्। उनी इमानदार तथा स्वच्छ छवि भएका नेता भनेर चिनिन्छन्। उनीसंग जनमत राम्रो रहेको मानिन्छ ।
पछिल्लो समय अस्वस्थ रहेकाले सक्रिय राजनीतिबाट टाढा रहेका शाह राना थारु समुदायमा समेत लोकप्रिय मानिन्छन्। उनी कुशल कार्यक्रम ब्यवस्थापक पनि हुन ।