निर्माण दिवस विभिन्न कार्यक्रमसँगै मनाइयो

अत्तरिया : निर्माण दिवस सुदूरपश्चिम प्रदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइएको छ। १८ औँ औं राष्ट्रिय निर्माण दिवस सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ कैलालीको संयुक्त आयोजनामा रक्तदान, खाद्यान्न वितरण, सरसफाइ तथा ब्याडमिन्टन प्रतियोगिता लगायतका गतिविधिहरू सम्पन्न गरिएका हुन्।

निर्माण व्यवसायीहरूको सामाजिक उत्तरदायित्वलाई लक्षित गर्दै आयोजित कार्यक्रममार्फत नेपाल अपाङ संघ नवजीवन खगेन्द्र केन्द्र धनगढीलाई खाधान्न सहयोग पुर्‍याइएको आयोजक संस्थाले जानकारी दिएको छ ।

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष टेकबहादुर मल्लले को सभापतित्वमा भएको कार्यक्रमको नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार टेकबहादुर सेठी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।

दिवसका अवसरमा आयोजित कार्यक्रमहरूले निर्माण व्यवसायीहरू सामाजिक सेवा र समुदाय विकासमा पनि सक्रिय रहेको सन्देश दिएको सहभागीहरूले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.