धनगढी : गोदावरी नगरपालिका वडा नं १२ कोल्मुडा रहेको दुर्गा माध्यमिक विद्यालयका नि प्रधाना ध्यापक नेत्र प्रसाद भण्डारीको अनिवार्य अवकाश पछि विदाई गरिएको छ ।
सोमबार दुर्गा माध्यमिक विद्यालयको आयोजना र पूर्व विद्यार्थी समाजको सहयोगमा विदाई कार्यक्रम आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर बिकको अध्यक्षतामा आयोजित विदाई कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं १२ का वडाध्यक्ष भिम बहादुर खड्का रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं १२ का वडाध्यक्ष भिम बहादुर खड्काले अवकाश प्राप्त प्राचार्य नेत्र प्रसाद भण्डारीको यस विद्यालयमा करिब ३७ वर्ष सम्म सेवा प्रदान गरेको योगदान रहेको छ । उनले विद्यालयमा शिक्षा क्षेत्रमा धेरै राम्रो फड्को मरेका थिए । बिदाईको लागी यस क्षेत्रका बासिन्दाहरु, जनप्रतिनिधि, विद्यालय व्यवसायी समिति, सरोकारवालाहरुले भण्डारीलाई सानदार विदाई कार्यक्रम आयोजना गरेको हो । यसबाट आगामी शिक्षकहरुलाई पनि प्रेरणा मिलोस् राम्रो गर्ने राम्रो सम्मान हुनेछ भन्ने लागोस् भनेर बाजागाजा सहित विदाई गरिएको बताए ।
अनिवार्य आवास भई विदाई कार्यक्रममा भावना पोख्दै पूर्व प्रअ नेत्र प्रसाद भण्डारीले बृहत कार्यक्रम गरी मलाई विदाई गर्ने पूर्व विद्यार्थी समाजलाई साथै विशेषतया वडाका प्रतिनिधिले विद्यालयमा आवश्यकता परेको वेला कुरा नटारी हरेक बेला साथ परिपूर्ति गरी सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गरे । उनले २०३० सालमा बाल विकासमा भर्ना भई अध्ययनकक्षा १ पास गरेको थिए । २०४६ सालमा यसै विद्यालयमा शिक्षण पेशामा प्रवेश गरेको थिए । २०६८ सालमा दृतिय श्रेणीमा पदुन्नति भएको र २०७९ सालदेखि विद्यालयको प्र अ जिम्मेवारी सम्हाल्दै आएको थिए । विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीहरुको लगायत व्यक्तित्वहरुको माया ममता प्रेरणाले आफूले गर्न सक्दो भौतिक, शैक्षिक आर्थिमा विद्यालयलाई सुहाउँदो बनाउने प्रयास गरेको बताए ।
यस्तै विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षक अभिभावक संघका अध्यक्ष कर्ण बहादुर साउदले विदाई कार्यक्रम पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा साथै विद्यालयको आयोजनामा पूर्व प्र अ नेत्र प्रसाद भण्डारीको विदाई गरिएको बताए । अवकाश भएका पूर्व प्र अ (शिक्षक) भण्डारीले मलाई विदाई गर्दा माला मात्र लगाएर गरिनुहोला, विद्यालय बाट रकम खर्च नगरी विदाई गर्नु होलाू भन्ने खबर पाउँदा पूर्व विद्यार्थीहरुले आफ्नो आर्थिक सहयोगमा विद्यालयको आयोजनामा सरको भव्य बिदाई गर्ने योजना तय अनुसार कार्यक्रम आयोजना गरिएको उनले बताए । विदाई कार्यक्रम सञ्चालन देखि समापन सम्म विद्यालयका एक रुपैयाँ पनि खर्च नगरी पूर्व विद्यार्थीहरुले स्वयं सहयोगमा आयोजना गरिएको बताए ।
करिब ३७ वर्ष सम्म यस विद्यालयमा अध्यापन गराएका शीक्षक भण्डारिले कोल्मुडामा माध्यमिक तह सञ्चालन गर्न प्रत्येक घरघर बाट, आफूले चिनेको व्यक्ति बाट चन्दा संकलन सञ्चालनमा ल्याएका बताउँदै उनको कार्यकालमा यस विद्यालयमा बिल्ड अन नेपालले ३ कोठे भवन निर्माण गरेको साथै २ कोठे भवन लगत्तै निर्माण हुने भएको छ । उनको विद्यालयमा एकदमै अतुलनिय योगदान रहेको बताए ।
विद्यालयमा हाल २ सय ५० जना विद्यर्थीहरु अध्यनरत छन् । यस्तै विदाई कार्यक्रममा स्वागत् मन्तब्य विद्यालयका प्रधानाध्यापक नवीन कडायतले गरेका थिए । भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी शारदा फुलाराले गरेकी थिइन् ।