गौरीफन्टा सीमा नाकामा तनाव, स्थानीयको विरोध

धनगढी   : नेपाल–भारत सीमा नाका त्रिनगर–गौरीफन्टा बिहीबार बिहान केही समय तनावग्रस्त बनेको थियो। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकमाथि हातपात गरेको आरोप लगाउँदै स्थानीयवासी विरोधमा उत्रिएका हुन। घटना बाहिरिएसँगै बिहानैदेखि धेरै नेपाली नागरिक नाकामा भेला भई एसएसबीको व्यवहारप्रति आपत्ति जनाएका थिए।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म त्रिनगरका अधिकारीका अनुसार केही नेपालीले आफूहरूमाथि एसएसबीले कुटपिट गरेको गुनासो गरे पनि वास्तविक रूपमा कुटिएका व्यक्तिहरू सम्पर्कमा नआएको बताए। तर स्थानीय बासिन्दाले भने एक महिला र एक युवकमाथि कुटपिट भएको दाबी गरेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमा नाकामा आवागमन कडाइका कारण सामान्य विवाद मात्र भएको जनाउँदै, नेपाली नागरिक, सशस्त्र प्रहरी र एसएसबीबीच छलफलपछि समस्या समाधान भइसकेको पुष्टि गरे।

हालै नेपालमा भएको ‘जेन–जी’ आन्दोलनपछि भारतीय सुरक्षापक्षले सीमा क्षेत्रको चेकजाँच कडा पारेका छन्। अब सक्कली परिचयपत्र भएका नेपाली नागरिकलामात्र भारत प्रवेश अनुमति दिने गरिएको छ। यसले सीमा क्षेत्रमा आवतजावत गर्ने स्थानीयमा थप सतर्कता र असन्तुष्टि दुवै बढाएको देखिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.