सिटी सहकारीको अध्यक्षमा पुन : श्याम बहादुर खड्का

अत्तरिया, २७ मंसिर : अत्तरियामा रहेको सिटी सहकारीको अध्यक्षमा दोस्रो कार्यकालका लागि श्याम खड्का दोहरीएका छन् । शनिबार सम्पन्न सहकारीको १४ औँ वार्षिक साधारण सभाबाट उनलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पनि तिलक बहादुर खनाल चयन भएका छन । उनी यसअघि समितिको सदस्य रहेका थिए । सचिवमा भानुभक्त भट्टराई चयन भएका छन । उनी पनि यसअघिको समितिमा सदस्य रहेका थिए । कोषाध्यक्षमा टेक बहादुर सिंह चयन भएका छन । यस्तै सदस्य डम्बर बहादुर कुवर, जमुना देवी साउँद र दुर्गा देवी कडायत चयन भएका छन ।

संचालक समितिको लेखा सुपरिवेक्षण समिति संयोजक तपराज ओझा चयन भएका छन । उनी यसअघिको लेखा समितिको सदस्य रहेका थिए । लेखा सुपरिवेक्षक्षण समिति सदस्यमा भने नयाँ अनुहार भित्रिएका छन । जसमा भोजराज जोशी र टंक बहादुर साउँद रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.