नवजीवन सहकारीको ३२ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाईयो

धनगढी : नवजीवन सहकारी संस्था लिमिटेड, धनगढीले आफ्नो ३२ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाईएको छ । सहकारीले स्वैच्छिक रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा सहकारीका शेयर धनी, कर्मचारी, स्थानीय नागरिक तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवीय सेवामा सहकारीको प्रतिबद्धता पुरा गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा सहकारीका संस्थापकप्रति सम्मान व्यक्त गर्दै, विगत ३२ वर्षको यात्रामा सहकारीलाई सहयोग गर्ने शेयर धनी, शुभेच्छुक, विभिन्न सङ्घ–संस्था तथा निकायप्रति आभार व्यक्त गरिएको थियो। साथै आगामी दिनहरूमा पनि सहकारीले निरन्तर स्नेह, सद्भाव र सहकार्य को अपेक्षा गरेको सहकारीले जनाएको छ।

नवजीवन सहकारीले स्थापना कालदेखि नै सदस्य–केन्द्रित सेवा, वित्तीय पहुँच विस्तार र सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै आएको छ। सहकारीले भविष्यमा पनि सामाजिक उत्तरदायित्वसँगै आर्थिक सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.