सुदूरपश्चिम महोत्सवमा आज दुर्गेश थापा सहित चर्चित कलाकारहरूको प्रस्तुति रहने

धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०८२ अन्तर्गत आज चर्चित गायक दुर्गेश थापा सहित विभिन्न लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने भएको छ। महोत्सवलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाउन आजको सांगीतिक कार्यक्रम विशेष बनाइएको आयोजकले जनाएको छ।

आजको कार्यक्रममा गायक दुर्गेश थापासँगै खुमन सिंह, आरती शाह, रमिला नेपाली, आरके थारु, समिर परियार तथा सोनु कुस्मी लगायतका कलाकारहरूले आ–आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। लोक, आधुनिक तथा थारु संस्कृतिसँग सम्बन्धित गीत–संगीतको मिश्रणले दर्शकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

आयोजक कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार महोत्सवप्रति दर्शकको उत्साह निरन्तर बढ्दो छ। स्थानीय कला, संस्कृति र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। आजको सांगीतिक कार्यक्रममा दर्शकको भीड अझ बढ्ने विश्वास गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.