साना किसान कृषि सहकारी संस्था मालाखेतीको अध्यक्षमा बलबहादुर सर्वसम्मत चयन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरिया रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको अध्यक्षमा बलबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्।

आईतबार सम्पन्न भएको साना किसान कृषि सहकारी संस्था को २९ औँ बार्षिक साधारण सभा तथा दशौं अधिवेशनबाट संस्थाको अध्यक्षमा बलबहादुर चौधरी सर्वसम्मत चयन भएका हुन्। सभामा संस्थाको संचालक कार्य समितिको आगामी कार्यकालको लागी बल बहादुर चौधरीको अध्यक्षतामा ९ जना पदाधिकारीहरु चयन गरेको छ ।

यस्तै संस्थाको उपाध्यक्षमा लक्ष्मी विष्ट साथै सचालक समितिको सदस्यहरुमा पुष्पलाल खतिवडा, डिल्लीराज खत्री, कमला कु भण्डारी, विमला खत्री, लोक बहादुर सारु मगर, शिवा कडायत, तेज राज अवस्थी चयन भएका हुन् । अवस्थी यस अघि संस्थाको अध्यक्ष रहेका थिए।
साथै संस्थाको लेखा समिति संयोजक पुरानै व्यतीहरुलाई दोहोर्याएर छ। संस्थाको लेखा समिति संयोजकमा सुष्मा केसी चयन गरिएको छ। उनको संयोजकत्वमा चेतना भण्डारी, रत्ना साउँद सदस्यमा चयन भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.