साढे तीन महिनापछि सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै

धनगढी : भौतिक संरचनामा भएको क्षतिका कारण ठप्प सुदूरपश्चिम प्रदेश सभाको बैठक झन्डै साढे तीन महिनापछि बस्ने भएको छ ।
प्रदेश सभा भवन मर्मत गरेर बैठक सञ्चालन गर्न लागिएको हो ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनकारीले प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालयमा आगजनी र तोडफोड गरेका थिए ।

कार्यव्यवस्था समितिको बैठकले पुस ११ गते बैठक बस्ने निर्णय गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए । उनले समितिको बैठकमा अधिवेसनलाई अगाडि बढाउने वा बजेट अधिवेसन अन्त्य गरेर हिउँदे अधिवेसन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताए ।

सभामुख र प्रदेश सभा सचिवालयले बजेट अधिवेसन अन्त्य गरेर हिउँदे अधिवेसन चलाउन समितिका सदस्यहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.