नेकपा संयुक्तको जिल्ला संयोजकमा प्रेमलाल चयन

धनगढी, ८ पुस : नेपाल कम्युनिष्ट पार्टी संयुक्तको जिल्ला संयोजकमा प्रेमलाल चौधरीको चयन भएका भएका छन् । पार्टीको भेलाले चौधरीको संयोजकत्वमा १०१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

पार्टीको सह–संयोजकमा दीर्घ जोशी कापडी, सचिवमा वितेश चौधरी, उपसचिवमा डम्मरराज गिरी र सीता चौधरी चयन भएका छन् । यसैगरी कार्यालय सचिवमा लालसिं ठकरिया, कार्यालय उपसचिवमा हरी पार्की चयन भएका छन् ।
उक्त पार्टीको सल्लाहकार समितिको संयोजकमा गगनसिं डगौरा, सह–संयोजक पुष्पा राना र सचिवमा डिएस चौधरी गरी ४१ सदस्यीय कमिटी चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी संयुक्तका केन्द्रीय सदस्य विमल जोशीका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिइने छ ।

उनले एक दुई दिनभित्रै पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको टुंगो लगाइने बताए । उनले जिल्लाका १३ वटै पालिकामा पार्टीलाई सशक्त बनाउन विभिन्न भेलाहरु आयोजना र कमिटि चयन गर्दै लैजाने जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.