भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका कञ्चनपुरबाट बरामद

कञ्चनपुर  : भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका कञ्चनपुरबाट पक्राउ गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाँउ स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलेर चोरीपैठारी गरी ल्याएका ल्याएका अन्दाजी १ लाख ६५ हजार मूल्य बराबरको ६ वटा बोका (बाख्रा) प्रहरीले पक्राउ गरेको छ।

उक्त बाख्रालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.