पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी : कैलालीको पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रवार साँझ लम्कीचुहा नगरपालिका – ३ बल्चौर कैलाश धाम तीर्थस्थल नजिक पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ६७६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लम्कीचुहा नगरपालिका – १ लम्कीका २६ वर्षीय अनीश भण्डारीको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भएर सडकको दाहिने तर्फको किनारमा रहेको पिल्लरमा ठोक्किएर गम्भीर घाइते भएका भण्डारीको उपचारको क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार १५ वर्षीय तुफान भण्डारी सामान्य घाइते भएकी छिन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.