गोदावरी मोबाईल व्यवसायी संघको अध्यक्षमा निरौला चयन

अत्तरिया : गोदावरी नगरपालिकाभित्रका मोबाइल व्यवसायीहरुको छाता संगठन, गोदावरी मोबाईल व्यवसायी संघले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष गंगा प्रसाद निरौलालाई पुनः अध्यक्षमा चयन गरेको हो।

निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। वरिष्ठ उपाध्यक्षमा रमेश कडेँल, उपाध्यक्षमा प्रकाश कुँवर, महासचिवमा सोमप्रसाद सापकोटा, सचिवमा भक्त बहादुर बोहरा र कोषाध्यक्षमा प्रताप बम चयन भएका छन्।

सदस्यतामा ललित सार्की, लाल बहादुर चौधरी, चन्द्र प्रसाद जोशी, देव सिँ बि।क, भुपेन्द्र कुँवर, दिपक मल्ल र डिल्लीराज कडेँल रहेका छन्। साथै, सल्लाहकार समितिमा गणेश बहादुर बोगटी र प्रेम बम चयन भएका छन्।

अधिवेशनका सहभागीले संघको आगामी कार्ययोजना, सदस्यहरुसँगको समन्वय र मोबाइल व्यवसायको व्यवस्थित विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ कार्यसमितिले सदस्यहरूको हित र व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी कार्यकालमा संघलाई अझ सशक्त बनाउने लक्ष्य राखेको आयोजकले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.