५७६ छात्रालाई जुठे दमाई छात्रवृत्ति वितरण गर्दै धनगढी

धनगढी : धनगढी उपमहानगरपालिकाले जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको छ। आइतवारदेखि उपमहानरपालिकाले वार्षिक निति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२र०८३ को जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको हो।

धनगढी( १६ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई नगर प्रमुख गोपाल हमालले शैक्षिक सामाग्री वितरण गरेका हुन्। जुठे दमाई छात्रवृत्ति अन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई शैक्षिक सामग्री प्रदान गरिने उपमहानरपालिकाले जनाएको छ।

यो वर्ष जुठे दमाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्रालाई शैक्षिक सामग्री वितरण गरिने शिक्षा माहाशाखा प्रमुख घुम्मनसिंह बडायकले जानकारी दिए। उनीहरूलाई झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.