प्रतिनिधिसभा निर्वाचन : कैलालीमा सबै भन्दा बढी मतदाता क्षेत्र नम्बर ४ मा

अत्तरिया : निर्वाचन आयोगबाट कैलालीमा ५ लाख ५१ हजार ५२ मतदाता अद्यावधिक भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उक्त मतदाता अदावधिक भएका हुन् ।

जिल्लामा २ लाख ८० हजार २ सय ४३ महिला,२ लाख ७० हजार ७ सय ९८ पुरुष र ११ जना अन्य मतदाता अद्यावधिक रहेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष १६ हजार ७०८ मतदाता थपिएका उनले जानकारी दिए । उनका अनुसार विसं. २०७९ को निर्वाचनमा जिल्लामा ५ लाख ३४ हजार ३४४ मतदाता रहेका थिए ।

१३ वटा स्थानीय तह रहेको जिल्लामा प्रतिनिधिसभाका ५ वटा निर्वाचन क्षेत्र रहेको छन् । सबैभन्दा बढी निर्वाचन क्षेत्र नं. ४ मा १ लाख १५ हजार १४३ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, क्षेत्र नं. ५ मा १ लाख १० हजार ५३९, क्षेत्र नं. ३ मा १ लाख ९ हजार १२२, क्षेत्र नं. १ मा १ लाख ८ हजार ४९१ र क्षेत्र नं. २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेको जनाइएको छ ।

मतदाता बढेसँगै आगामी निर्वाचनका लागि जिल्लामा मतदान केन्द्रसमेत थप भएको कार्यालय प्रमुख भट्टले जानकारी दिए । प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा जिल्लामा ६२९ वटा मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि ६४१ वटा मतदान केन्द्र कायम भएको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.