अत्तरिया : आगामी फागुन २१ गते हुने निर्वाचनको लागि डोटीबाट उम्मेदवादको नाम सिफारिस गरिएको छ । नेकपा एमाले उपमहासचिव लेखराज भट्टसहित ८ जनाको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो ।
एक निर्वाचन क्षेत्र रहेको डोटीबाट प्रदेश सांसद चक्र मल्लको नाम पनि सिफारिस भएको छ । यसअघि प्रदेश सभा सदस्यमा निर्वाचित मल्ल अहिले प्रतिनिधि सभाको दौडमा छन् । भट्टको एकल नाम कैलाली ४ बाट पनि सिफारिस भइसकेको छ ।