अत्तरियामा जारी महोत्सवमा आज गायक दुर्गेश थापाको प्रस्तुति रहने, आजै समापन गरिदैँ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज दुर्गेश थापा लगायतका कलाकारले प्रस्तुति रहने भएको छ ।
यस्तैगरी महोत्सवमा शोभा त्रिपाठी, सरस्वती धामी, विक्रम चौधरी, गङ्गा थापा मगर लगायतका कलाकारले पनि आफ्नो प्रस्तुति राख्ने आयोजक न्यु सृजनशील युवा क्लब अत्तरियाले जनाएको छ ।

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको महोत्सव आज समापन हुँदै छ । सुरुमा १९ गतेसम्म सञ्चालन हुने भनिए पनि दर्शकहरुको चाप र माग अनुसार लम्बिएर २१ गते सम्म पुगाएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.