डोटीबाट एमाले उपमहासचिव दोस्रो नम्बरमा, केन्द्रिय सदस्य मल्ल पहिलो नम्बरमा सिफारिस

धनगढी : नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टको नाम डोटीबाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गरिएको विषयलाई लिएर नम्बरमा तलमाथि गरेकोमा विवाद आएको छ।

जिल्ला कमिटी डोटीले उपमहासचिव भट्टसहित ८ जनाको नाम सिफारिस गरेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीबाट प्रदेशसभा सदस्य चक्र मल्लको नाम पहिलो नम्बरमा र उपमहासचिव लेखराज भट्टसहित मन्जु मलासी, दीर्घराज बोगटी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामीको नामहरू सिफारिस गरिएको भन्दै नेकपा एमाले डोटीका उपसचिव डम्बर सिंह डाडौले फेसबुक पोस्ट गरेका थिए।

उक्त पोस्टमा धेरै टिप्पणी र प्रतिक्रिया आएपछि डम्बर सिंह डाडौले कम्प्युटर टाइपिङ त्रुटिका कारण यस्तो भएको स्पष्ट पारेका छन्। उनका अनुसार उपमहासचिव लेखराज भट्टको नाम वास्तवमा पहिलो नम्बरमै सिफारिस गरिएको हो। उपमहासचिव भट्टको एकल नाम यसअघि कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट पनि सिफारिस भइसकेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.