धनगढीबाट हत्या मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका प्रतिवादी समातिए

अत्तरिया : कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक व्यक्ति कैलालीबाट पक्राउ परेका छन्। फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत बझाङको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका जिल्ला बझाङ, सुर्मा गाउँपालिका–२ बस्ने ५४ वर्षीय रंगलाल बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय बझाङ तथा इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बोहरालाई सोमबार धनगढी उपमहानगरपालिका–१९ फुलवारीबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका बोहरालाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.