शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, उपकुलपति र रजिष्ट्रार नियुक्त

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार गठित सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयको नेतृत्व चयन गरिएको छ।

कानुनमा व्यवस्था भएअनुसार योग्यताक्रमका आधारमा उपकुलपति पदमा प्रा. सुनिल कुमार जोशी र रजिष्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त गर्ने निर्णय गरिएको हो।
रजिष्ट्रार पदका लागि सिफारिस गरिएका अन्य दुई जना उम्मेदवारलाई ऐनबमोजिम वैकल्पिक सूचीमा राखिएको छ। समयमै जिम्मेवारी पूरा गरेको सिफारिस समितिलाई बैठकले धन्यवाद व्यक्त गरेको छ।
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। योग्यताको सम्मान, पारदर्शी प्रक्रिया र विश्वविद्यालयको संस्थागत विकासतर्फ यो निर्णयलाई महत्वपूर्ण मानिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.