डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कालोमोसो दलियो

डडेल्धुरा : नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि कालोमसो दलेका छन । संगठनका नेताहरुले भ्रष्टाचारको आरोप लगाउँदै उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन ।

संगठनले अस्पताल सञ्चालनमा गम्भीर अनियमितता, आर्थिक चलखेल र राजनीतिक हस्तक्षेप भएको आरोप लगाएको छ । कम्युनिस्ट युवा संगठनका डडेल्धुरा जिल्ला अध्यक्ष सहबीरद्धारा हस्ताक्षरित सार्वजनिक गरिएको विज्ञप्तिमा अध्यक्ष ओझाले स्वास्थ्य उपकरण खरिदमा कमिसनका लागि अनावश्यक उपकरण खरिद प्रक्रिया अघि बढाएको, योग्य जनशक्ति भर्ना नगरी आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्ति गरेको तथा अस्पताललाई मदिरा सेवन गर्ने स्थलजस्तो बनाएको आरोप लगाइएको छ ।

त्यस्तै, अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगरेको, सार्वजनिक सुनुवाइ नगरेको, सेवा तथा निर्माणसम्बन्धी काममा आफ्ना आसेपासेलाई ठेक्का दिलाएको, गुणस्तरभन्दा कमिसनलाई प्राथमिकता दिँदै औषधि तथा उपकरण खरिद गरेको आरोप पनि संगठनले लगाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.